क्रियाशील कक्षाकोठाबाट शिक्षक को अनुभव

“विद्यार्थीहरुका सिकाइका क्रियाकलाप कसरी रमाइलो, joyful, meaningful, iterative र socially interactive बनाउने जस्ता विषयवस्तु समेटेर कारखाना समूहले बनाएको यो सुन्दर पाठ्यक्रमले आफ्नो उद्देश्य पुरा गरे जस्तो हामीलाई लागेको छ । १२ वटै PEBLका क्रियाकलाप गराए पछि विद्यार्थीहरु तथा हामी शिक्षकहरुमा के के परिवर्तन देखिए, त्यो यहाँ म केही बुदाँगत रुपमा राख्दै छु :

  • कक्षाकोठामा धेरै पछि हामीले productive noise को अनुभव गरेको,
  • Iterative को साचो अर्थसँगै practice भन्ने शब्दको महत्त्व नजिकबाट बुझाएको,
  • ग्रुपमा कुनै काम गर्दा त्यसका फाईदाहरुलाई दर्साएको,
  • सिकाइ भनेको नम्बर मात्र होइन, क्रिएटिभिटि त्योभन्दा धेरै माथि रहेछ भनेर बुझाएको,
  • जस्तो कि म गणितको फ्यासिलेटर अत: गणितमा रुचि राख्ने विद्यार्थी कहिलेकाही बडी प्राथमिकता पर्देथे भने अब गणित भन्दा बाहिर पनि विद्यार्थीहरुको रुचि थाहा पाएकाले कक्षाकोठामा थप सकारात्मक वातावरण पैदा गराएको,
  • शिक्षक र विद्यार्थी, शिक्षक र प्रशासन, तथा अभिभावक, प्रशासन र विद्यार्थी बिच सम्बन्ध अझै प्रगाढ बनाएको,
  • Constructive feedback दिने चलन सुरु गराएको र त्यसको सिकाइमा महत्त्व दर्शाएको,
  • Education मा STEAM को महत्त्व सम्झाएको,
  • विद्यार्थीहरुलाई अझै थप माया गर्न र कहिलेकाही कक्षाकोठामा देखिने नेगेटिभ वातावरणलाई सकारात्मक तर्फ लान उर्जा थपेको,
  • हरेक क्लासको अन्त्यमा reflection को भूमिका अहम रहेछ भन्ने सम्झाएको,
  • Tangram गरि रहँदा geometry का विभिन्न सेपहरुबाट realistic object को परिकल्पना गरे झै अबका क्लासहरुमा गणितलाई थप realistic बनाउन विद्यार्थी तथा शिक्षकहरुलाई थप सोच्न मद्दत गरेको,
  • Story telling with light गरि रहँदा हरेक काममा सबैको महत्त्व अहम हुन्छ भनेर सम्झाउदै हरेक प्रोफेसनको रेसपेक्ट सिकाएको,
  • हाम्रा रेगुलर क्लासहरु थप joyful तथा meaningful बनाउन प्रेरित गरेको ।

अरु पनि Seen/Unseen सिकाईहरु धेरै छन् फेरि कुनै अर्को बसाइँ मा राखुँला। अन्त्यमा कारखाना समूहलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ ।

Gopal Bhandari, Maths Educator at Charles Darwin Academy

गोपाल भण्डारी Playful Engineering-Based Learning मा सहभागी शिक्षक हुनुहुन्छ। उहाँ Charles Darwin Academy मा गणित विषय पढाउँदै आउनुभएको छ। PEBL को हिस्सा भए पछिका विचारहरूलाई उहाँले यस लेख मार्फत व्यक्त गर्नु भएको छ।

ब्लगहरू

हाम्रो कार्यलाई आकार दिने सम्बन्धित कथा र अन्तर्दृष्टिहरू।

सबै ब्लगहरू