यो पहलले क्षेत्रीय निकाय र शैक्षिक संस्थाहरूसँगको सहकार्यलाई बढावा दिन्छ, जसले कार्यक्रमको दिगो प्रभाव र व्यवहार्यताको ग्यारेन्टी गर्दछ।
विशेष परियोजनाहरू
खेलदाई सिकदाई मेकिंग स्पेस अन्तर्गतका परियोजनाहरू
सिकाइ स्रोतहरू
खेलदाई सिकदाई कार्यक्रमबाट क्युरेट गरिएका सिकाइ स्रोतहरू
-
Lesson 1कथा र स्क्र्याच
विद्यार्थीहरुले एउटा छोटो कथा सुन्छन् र त्यसलाई आधार बनाएर कथाको संरचना बारे चिन्तन गर्छन्। उनीहरुले Scratch Interface चलाएर स्प्राइट र ब्याकड्रपको प्रयोगगरी कथाहरुकाका दृश्यहरूको सिर्जना गर्छन्। नोट: यो पाठ सृजनालयसँगको सहकार्यमा बनेको हो।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 2पात्रहरूलाई नाच्न लगाउनुहोस्
विद्यार्थीहरुले loops र costume block को प्रयोग गरी स्प्राइटहरुको नाच बनाउँछन्। स्प्राइटको नाचको चाल मिलाउन एक पछि अर्को कस्ट्युम देखाउनुको सट्टा विद्यार्थीले switch costume ब्लकको प्रयोग गरी आफैले नाचका चालहरु छान्छन्।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 3पात्रहरूलाई बोल्न लगाउनुहोस्
विद्यार्थीहरुले स्प्राइटहरु बीच कुराकानी गराउँदा ‘wait’ block को प्रयोग गरी कुराकानीको तालमेल मिलाउँछन्। स्प्राइटहरुको हाउभाउ ख्याल गर्दै मिल्दो आवाज या बोलिको प्रयोग गरेर पात्रहरु बिच संवाद बनाउँछन् ।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 4स्परआइटहरुको स्वरुप
विद्यार्थीहरू स्प्राइट सम्पादकको प्रयोग गर्छन् र Scratch मा भएका स्प्राइटहरूलाई बदल्न सिक्छन्। उनीहरूले आफूलाई आवश्यक नयाँ स्प्राइटहरू सिर्जना गर्न पनि सिक्छन्। उनीहरू दिइएका अभ्यासमा काम गरेर आवश्यक सीप र औजार बारे सिक्छन्।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 5पात्रहरुलाई चल्ने बनाउँ
विद्यार्थीहरूले सरल एनिमेशन सिर्जना गर्छन् जसमा स्प्राइटहरूलाई एक स्थानबाट अर्को स्थानमा सार्न आवश्यक हुन्छ। उनीहरूले अन्य स्क्र्याच प्रोजेक्टहरूबाट स्प्राइट र अन्य वस्तु लिन ब्याकप्याक प्रयोग गर्छन्।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 6पात्रहरुलाई जीवन्त बनाऔ
विद्यार्थीहरूले अलि उन्नत एनिमेशनहरू सिर्जना गर्न सिक्छन् जहाँ पात्रहरूले आफ्नो शरीरका भागहरू चलाउँछन्, graphic effects को प्रयोग गर्छन्, र बोली तथा ध्वनिका तत्वहरूलाई संयोजन गर्छन्। उनीहरूले parallel programming को अवधारणाबारे पनि सिक्छन्।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 7दर्शकलागि कथामा सहभागी
विद्यार्थीहरूले दर्शकले पनि सहभागी हुन सक्ने कथाको सिर्जना गर्छन् जहाँ प्रयोगकर्ता वा दर्शकले केही विशेष कार्यहरू द्वारा कथा अघि बढाउन सहयोग गर्नु पर्छ।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 8सरल गेमहरु बनाउ
विद्यार्थीहरूले कुनै घटना घट्यो कि घटना जाँच गर्न सक्ने ब्लकको प्रयोग गरेर सरल गेमहरू बनाउन सिक्छन्। उनीहरूले if condition ब्लक र sensing ब्लकहरूको प्रयोग गर्छन्।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 9अझ रमाइला गेमहरु बनाउ
विद्यार्थीहरूले भेरिएबलहरूको प्रयोग गरेर अलि उन्नत किसिमका गेमहरू सिर्जना गर्न सिक्छन्। उनीहरूले गेममा level र score जस्ता कुरा थप्न सिक्छन्।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 10
कथासँग खेलौँ
विद्यार्थीहरू कथा नक्शांकन क्रियाकलापद्वारा कथालाई मजाले बुझ्छन् र दिइएका सुझाव वा आइडियामा आधारित भएर कथा सिर्जना गर्छन्। पछि Scratch प्रयोग गरेर एनिमेशन, कथावाचन वा गेम जस्ता प्रोजेक्ट मार्फत आफ्ना कथालाई अभिव्यक्त गर्छन्।स्रोतहरू डाउनलोड गर्नुहोस्
-
Lesson 11
अन्तिम परियोजना
यस पाठक्रमका आगामी कक्षाहरूमा विद्यार्थीहरूले आजको पाठमा निकालेका आइडिया र लेखेका वा चित्रण गरेका कथाका आधारमा आफ्ना प्रोजेक्टहरु बनाउनेछन्।